शनिबार, भदौ ६, २०८३

लम्कीबाट खैरो हेरोइनसहित दुई जना पक्राउ 

कैलालीको लम्कीबाट दुई जना पक्राउ परेका छन्।
 |  बुधबार, वैशाख ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ६, २०८०

धनगढी- कैलालीको लम्कीबाट दुई जना पक्राउ परेका छन्। लम्कीचुहा नगरपालिका–४ कौवापुर खल्लामा लागूऔषध (खैरो हिरोइन) बेचबिखन तथा सेवन भई रहेको भन्ने गोप्य सूचनाको आधारमा सोही ठाँउका २३ वर्षीय शमिर अधिकारी र २४ वर्षीय प्रकाश ओलीलाई प्रहरीले पक्राउ गरेको हो।

शमिरले लगाएको कालो रङको जिन्सको पाइन्ट अगाडिको खल्तीबाट प्लाष्टिकको झिल्लीमा पोका पारेको एक थान प्लाष्टिकसहित २ ग्राम ३ सय ४० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) बरामद गरिएको प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी निरीक्षक शंकर खड्काको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई मंलबार अपरान्ह ४:३० बजे पक्राउ गरेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 19, 2023| 12:49 बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्