शुक्रबार, साउन ८, २०८३

सांसद डाँगीले खुला प्रतिस्पर्धाबाट छानिन् स्वकीय सचिव

 |  बुधबार, वैशाख ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ६, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले नयाँ अभ्यास गर्दै खुला प्रतिस्पर्धाबाट स्वकीय सचिव छनोट गरेकी छन्। सांसदहरुले आफन्त र आसेपासेलाई स्वकीय सचिव बनाउने अभ्यास तोड्दै उनले भ्याकेन्सी खुलाएकी थिइन्।

गत चैत १६ गते निशाले एक साताको म्याद राखेर स्वकीय सचिवका लागि भ्याकेन्सी खुलाएकोमा ११६ जनाले आवेदन दिएका थिए। उनीहरूबाट पहिलो चरणमा ३५ जना छनोट भएका थिए भने १९ जनाले लिखित र मौखिक परीक्षा दिएका थिए।

यसको नतिजा निशाले सामाजिक सञ्जालमा प्रकाशित गरेकी छन्। जसअनुसार पर्वतको राम्जा देउरालीकी सुश्मिता क्षेत्री स्वकीय सचिव बन्न सफल भएकी छन्। विराटनगरकी अपेक्षा सुवेदी र पोखराकी कविता आचार्य वैकल्पिकमा परेका छन्।

उम्मेदवारहरूको लिखित, मौखिकसँगै कम्प्युटर टेस्टसमेत गरिएको थियो। शैक्षिक पृष्ठभूमि, कानुन र राजनीतिको ज्ञान तथा अनुभव, नेतृत्व गर्ने क्षमता, सिर्जनशिलता आदि हेरेर मूल्यांकन गरेको निशाले जनाएकी छन्। रास्वपाकी समानुपातिक सांसद निशा प्रतिनिधिसभाकी सबैभन्दा कान्छी सदस्यसमेत हुन्।

प्रकाशित: Apr 19, 2023| 11:55 बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्