शनिबार, भदौ ६, २०८३

बढ्यो सुनको मूल्य

केही दिन यतास्थिर रहेको सुनको मूल्य बुधबार पुन: बढेको छ।
 |  बुधबार, वैशाख ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ६, २०८०

काठमाडौं- केही दिन यतास्थिर रहेको सुनको मूल्य बुधबार पुन: बढेको छ। 

मूल्य बढेसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ। प्रतितोला फाइन गोल्डमा ३०० रुपैयाँ र तेजाबी गोल्ड २५० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ४४५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो। 
 

प्रकाशित: Apr 19, 2023| 11:42 बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्