बिहीबार, असोज २९, २०८३

अस्पतालमा आगलागी हुँदा बेइजिङमा २९ जनाको मृत्यु

 |  बुधबार, वैशाख ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ६, २०८०

काठमाडौं- चीनको राजधानी बेइजिङमा रहेको चाङफङ अस्पतालमा आगलागी हुँदा २९ जनाको मृत्यु भएको छ। मृतकमध्ये २६ जना बिरामी, एक नर्स, एक स्वास्थ्य सहायक र एक बिरामी रहेका छन्।

आगो लाग्न थालेपछि अस्पतालबाट दर्जनौं मानिसलाई बाहिर निकालिएको थियो। भित्र फसेका केही मानिस बिरामी राख्ने बेडका तन्ना झ्यालबाट झुण्ड्याएर बाहिर निस्केका थिए। 

चिनियाँ सरकारी मिडिया सीसीटिभीका अनुसार आन्तरिक मर्मतसम्भार र निर्माणको क्रममा अस्पतालमा आगो सल्केको अनुमान गरिएको छ। मर्मतसम्भारको ठेक्का पाएको कम्पनीका प्रतिनिधिलाई पक्राउ गरिएको छ।

प्रकाशित: Apr 19, 2023| 11:30 बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्