काठमाडौं- भीमदत्त नगरपालिका-१३ स्थित महाकाली नदी किनारमा एक जना मजदुरको शव फेला परेको छ।
निर्माणाधीन चार लेन पक्की पुलको दक्षिणतर्फको नदी किनारमा शव भेटिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ।
प्रहरीका अनुसार वडा नम्बर १२ घर भएर महाकालीमा बालुवा छपानको काम गर्ने ६५ वर्षीय रामस्वरुप सुनारको शव आज बुधबार बिहान भेटिएको हो। स्थानीयले त्यसको जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धानमा जुटेको छ। मृत्युको कारण खुलेको छैन।