बिहीबार, वैशाख ३१, २०८३

थप उपचारका लागि राष्ट्रपति पौडेल भारत प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ।
 |  बुधबार, वैशाख ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ६, २०८०

National life

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ। उनलाई केही बेरअघि श्री एयरलाइन्समार्फत भारतको नयाँ दिल्ली लगिएको हो। 

नयाँ दिल्लीको एम्स हस्पिटलमा राष्ट्रपतिको उपचार हुने शीतल निवासले जनाएको छ। राष्ट्रपति पौडेललाई बिदाई गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए।
 
राष्ट्रपति पौडेललाई ग्यास्ट्रिकको समस्या देखिएपछि ६ दिन अघिमात्र महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। सोमबार पनि फलोअपका लागि राष्ट्रपति पौडेल अस्पताल पुगेका थिए। 

तर, स्वास्थ्य समस्या बढेपछि उनलाई मंगलबार पुन: अस्पताल भर्ना गरिएको थियो।

प्रकाशित: Apr 19, 2023| 10:35 बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्