बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश नियुक्ति बारे निर्णय हुन सकेन

संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश नियुक्ति बारे निर्णय हुन सकेन

प्रधानन्यायाधीश नियुक्ति गर्न आज बसेको संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुंगिएको छ। 
 |  बुधबार, वैशाख ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ६, २०८०

काठमाडौं- प्रधानन्यायाधीश नियुक्ति गर्न आज बसेको संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुंगिएको छ। 

National life

सिंहदरबारमा बसेको बैठकमा छलफल भए पनि कुनै निर्णय नभएको र अर्को बैठकबाट निर्णय हुने राष्ट्रिसभा अध्यक्ष गणेश तिमिल्सिनाले बताए।

नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशन लगायत कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति गर्न दबाब दिएसँगै संवैधानिक परिषद्को बैठक आज बिहान बसेको थियो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए। 

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठकमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अगाडि बढाउने सहमति भएको थियो। सोहीअनुसार आज बैठक बसेको हो।

प्रकाशित: Apr 19, 2023| 10:25 बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्