शनिबार, भदौ ६, २०८३

पेस्तोल बरामद भएका वडाध्यक्ष अभद्र व्यवहार पनि गर्थे

रोल्पाको गंगादेव गाउँपालिका–४ का वडाध्यक्ष कृष्ण वलीको घरबाट हतियार बरामद भएको छ।
 |  बुधबार, वैशाख ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ६, २०८०

रोल्पा- रोल्पाको गंगादेव गाउँपालिका–४ का वडाध्यक्ष कृष्ण वलीको घरबाट हतियार बरामद भएको छ। गत चैत ३० मा पालिकाको रा१झ १९१ नम्बरको स्कारपियो गाडी तोडफोड गरेको आरोप लागेका वडाध्यक्ष वलीको घरबाट प्रहरीले हतियार र गोलीसमेत फेला पारेको हो। दुवै मुद्दामाथि अनुसन्धान गर्न प्रहरीले वलीलाई आइतबार नियन्त्रणमा लिएको छ।

सरकारी गाडी तोडफोड गरेको आरोपमा उनमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर (अभद्र व्यवहार) सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुनले वलीले मादक पदार्थ सेवन गरेर गाडी तोडफोड गरेको बताए। स्थानीय तहको निर्वाचनअघिसम्म नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सक्रिय कार्यकर्ता रहेका ३३ वर्षीय वली निर्वाचनताका कांग्रेसमा प्रवेश गरी वडाध्यक्षमा विजयी भएका थिए। उनी उक्त गाउँपालिकाका प्रवक्तासमेत हुन्।


उनको घरटबार कालो रङको एक साइडमा ७ दशमलव ६५ अटो पिस्तोल र ७७०११ नम्बर लेखिएका ९ राउन्ड गोली र अर्को साइडमा पेस्तोबेराता मेड इन इटली लेखेको म्याग्जिन सहितको एक थान पेस्तोल फेला परेको थियो। यस्तै के एफ ७ दशमलब ६५ लेखेको तीन राउण्ड गोली भेटिएको थियो। 

उनीविरुद्ध हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा रोल्पा जिल्ला अदालतबाट आइतबार १४ दिनका लागि म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


 

प्रकाशित: Apr 19, 2023| 09:45 बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्