शुक्रबार, जेठ १, २०८३

निर्वाचन खर्च विवरण पेस नगर्ने उम्मेदवारको नाम सार्वजनिक

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन खर्चको विवरण पेस नगर्ने उमेदवारहरूको नाम सार्वजानिक गरेको छ।
 |  बुधबार, वैशाख ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ६, २०८०

काठमाडौं- निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन खर्चको विवरण पेस नगर्ने उमेदवारहरूको नाम सार्वजानिक गरेको छ।

National life

उमेदवार भई ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस नगर्ने ति उम्मेदवारलाई सात दिनभित्र सफाइसहितको स्पष्टीकरण पेस गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।

निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ९४० र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ९४० बमोजिम निर्वाचन खर्चको विवरण राजनीतिक दल, उमेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालयसमक्ष पेस गर्नु पर्ने कानुनी प्रावधान रहेको छ। तर पटक पटक ताकेता गर्दा पनि केही उम्मेदवारहरुले खर्च विवरण बुझाएका छैनन्। यस्ता विवरण नबुझाउनेमा स्वतन्त्र उम्मेदवार बढि छन्।

तोकिएको समयावधि भित्र र तोकिएको समय सकिएपछि पनि निर्वाचन खर्चको विवरण नबुझाउने उमेदवारको नामसमेत आयोगले सार्वजनिक गरेको छ।

1681870413_12316818681671681874646.jpg

प्रकाशित: Apr 19, 2023| 09:35 बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्