काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि आज भारत लगिने भएको छ।
उनलाई आज बिहान साढे ९ बजे श्री एयरको विमानमार्फत भारत लैजान लागिएको राष्ट्रपति प्रेस सल्लाहकार किरण पौडेलले जानकारी दिए।
उनको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार हुनेछ।