शुक्रबार, साउन ८, २०८३

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकका लागि एउटा मात्रै कार्यसूची तय गरिएको छ।
 |  बुधबार, वैशाख ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ६, २०८०

काठमाडौं- प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकका लागि एउटा मात्रै कार्यसूची तय गरिएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को तर्फबाट राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत हुने संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए। 

मंगलबार अपराह्नका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो। अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिइएको थियो।
 

प्रकाशित: Apr 19, 2023| 09:20 बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्