काठमाडौं- संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ। आज बस्ने संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल हुने बताइएको छ।
लामो समयसम्म न्यायलय कायममुकायमको नेतृत्वमा रहेकाले यथाशिघ्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने विषयमा तीन दलका शीर्ष नेताहरूबीच सहमति भएको थियो।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेर बहादुर देउवासहितको बैठकले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न संवैधानिक परिषद्को बैठक बोलाउने निर्णय गरेको थियो।
सोही अनुसार बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए। प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको नेता सदस्य रहनेछन्।
प्रधानन्यायाधीश नियुक्त गर्ने प्रयोजनमा भने कानुनमन्त्री पनि बैठकमा सहभागी हुनेछन्।