शुक्रबार, जेठ १, २०८३

कर्णालीमा कांग्रेसका तीन मन्त्रीले आज शपथ लिने

कर्णाली प्रदेशमा नेपाली कांग्रेसका तीन मन्त्री आज सरकारमा सहभागी हुने भएका छन्।
 |  बुधबार, वैशाख ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ६, २०८०

सुर्खेत- कर्णाली प्रदेशमा नेपाली कांग्रेसका तीन मन्त्री आज सरकारमा सहभागी हुने भएका छन्। उनीहरूले आज शपथ लिने कार्यक्रम रहेको छ।

National life

मंगलबार दिउँसो बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले यसअघि नेकपा एमालेले सम्हालेका तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी कृष्णकुमार बिसी, खड्गबहादुर पोखरेल र वेदराज सिंहलाई सरकारमा पठाउने निर्णय गरेको थियो।

सिंहले आर्थिक मामिला तथा योजना, पोखरेलले सामाजिक विकास र बिसीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाने भएका छन्।

सिंह जाजरकोट प्रदेशसभा (१) बिसी, दैलेख क्षेत्र नं १(१) र पोखरेलले सुर्खेत क्षेत्र नं १ (१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रकाशित: Apr 19, 2023| 08:35 बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्