शनिबार, भदौ ६, २०८३

विहीबार सूर्यग्रहण

वर्षको पहिलो सूर्यग्रहण विहीबार लाग्दैछ।
 |  बुधबार, वैशाख ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ६, २०८०

काठमाडौं- वर्षको पहिलो सूर्यग्रहण आज लाग्दैछ। ग्रहण बिहान ७ बजेर ४० मिनेट देखि १२ बजेर २९ मिनेटसम्म सम्म लाग्नेछ।  

समग्रमा, सूर्य ग्रहणको अवधि साढे पाँच घण्टा छ। यस पटक कङ्कनकृति सूर्यग्रहण हुनेछ। यो सूर्यग्रहण नेपालमा भने देखिने छैन। नेपालबाट ग्रहण नदेखिने भएकोले सुतक पनि लाग्दैन।  

वर्षको पहिलो ग्रहण कम्बोडिया, चीन, अमेरिका, सिंगापुर, थाइल्याण्ड, अन्टार्कटिका, अस्ट्रेलिया, भियतनाम, ताइवान, पपुवा न्युगिनी, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण हिन्द महासागर र न्यूजिल्याण्डमा देखिनेछ। ग्रहणको समयमा कीर्तन भजन गर्ने र  दान गर्नुलाई धार्मिक शास्त्रमा  उत्तम मानिन्छ।

प्रकाशित: Apr 19, 2023| 08:12 बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्