शनिबार, भदौ ६, २०८३

तराईमा हावाहुरी चल्ने सम्भावना

केही दिनदेखि बढेको गर्मी अबको तीन दिन घट्ने अनुमान गरिएको छ।
 |  बुधबार, वैशाख ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ६, २०८०

काठमाडौं- केही दिनदेखि बढेको गर्मी अबको तीन दिन घट्ने अनुमान गरिएको छ। आज, भोलि र पर्सि हिजो अस्तिको जस्तो गर्मी नहुने मौसमविद्ले बताएका छन्।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसोपछि पश्चिमी वायुको प्रणाली नेपाल भित्रदैछ। यही प्रणालीका कारण दिउँसोपछि मौसम बद्ली भई पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना छ। 

आज दिउँसोपछि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसमविद् मानन्धरले जानकारी दिइन्। वाग्मती र कोशी प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा पनि पानी पर्ने अनुमान गरिएको छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका जिल्लामा तीब्र गतिमा हावाहुरी चल्ने अनुमान गरिएको छ । आज भन्दा भोलि र पर्सि पश्चिमी वायुको प्रभाव धेरै पर्ने देखिएको मौसमविद् मानन्धरले बताइन्। उनका अनुसार भोलि र पर्सि देशभर नै मौसम बद्ली हुने अनुमान छ। यसले गर्दा तापक्रम केही घट्ने अनुमान छ।

केही दिनदेखि पानी नपर्दा र डढेलो लगायतका कारण तापक्रम ह्वात्तै बढ्दा जनजीवन प्रभावित भएको छ। खासगरी तराईका जिल्लामा गर्मी र तातो हावाको असर देखिन थालेको छ। 
 

प्रकाशित: Apr 19, 2023| 08:01 बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्