शनिबार, भदौ ६, २०८३

देशका केही स्थानमा वर्षाको सम्भावना 

 |  बुधबार, वैशाख ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ६, २०८०

काठमाडौं- देशको केही भागमा आज वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको हो। 

वाग्मती र कोसी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ। काठमाडौं उपत्यकालगायत देशका केही भू–भागहरुमा तुवाँलोको सम्भावना रहेको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहेको छ। बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

विभागले आज राति सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने जनाएको छ। बाँकी  भू–भागमा मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा वाग्मती र कोसी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। 
 

प्रकाशित: Apr 19, 2023| 06:28 बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्