शुक्रबार, साउन ८, २०८३

चुनाव प्रचारमा हेलिकप्टर प्रयोग नगर्न आयोगको निर्देशन

 |  मंगलबार, वैशाख ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ५, २०८०

काठमाडौं- निर्वाचन आयोगले यही वैशाख १० गते हुने उपचुनावको प्रचारका लागि हेलिकप्टर प्रयोग नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ।

बारा, चितवन र तनहुँमा हुने उपचुनावका लागि कुनै पनि ठाउँमा निर्वाचन आचारसंहिता बमोजिम हेलिकप्टर प्रयोग नगरि प्रचार गर्न सकिने अवधि पर्याप्त रहेको साथै ती जिल्लामा यातायातको सहज पहुँच रहेकोले हेलिकप्टर प्रयोग नगरि मितव्ययिता अपनाउन आयोगले आग्रह गरेको हो।

यस्तै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयनका लागि सरकारी निकाय तथा निजी हेलिकप्टर सेवा प्रदायकलाई आफ्नो सहमतिविना चुनाव प्रचारमा सेवा उपलब्ध नगराउन पनि सूचित गराएको छ।

प्रकाशित: Apr 18, 2023| 21:11 मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्