शुक्रबार, जेठ १, २०८३

अवसरवादीहरूको पराजय निश्चित छ : नैनसिंह महर

 |  मंगलबार, वैशाख ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ५, २०८०

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक शक्तिहरूप्रति जनतामा भ्रम छर्न खोजेकोमा आफ्नै चरित्र उदाङ्‍गो भएको बताए।

National life

सत्ता गठबन्धनबाट तनहुँ १ मा उम्मेदवार बनेको गोविन्द भट्टराईको व्यास ९ मा आयोजित कोणसभामा बोल्दै उनले जनतालाई धोका दिन छलछाम गर्नेहरू पराजित हुनेमा कांग्रेस विश्वस्त रहेको बताए।

'कांग्रेसले लगाएको गुन भुलेर छणिक अवसरका खातिर चुनावमा होमिएका उम्मेदवार पनि यही क्षेत्रमा छन्। अन्य राजनीतिक स्वार्थ बोकेका उम्मेदवार पनि यसै क्षेत्रमा छन्। तर, कांग्रेससँग जनताको हितमामात्रै काम गरेको इतिहास छ। पार्टीमा कुर्न पनि सक्नुपर्छ। इतिहास बोकेको पार्टी हो। पार्टीले अवश्य योगदानको कदर गर्छ। गोविन्द भट्टराई जस्ता इमान्दार र ग्रास रुटमा रहेर काम गर्ने नेताको पालो अहिले आएको छ। उहाँलाई तनहुँ क्षेत्र नम्बर १ का जनताले जिताउनेमा म विश्वस्त छु', उनले भने।

जनताले योग्य व्यक्तिलाई चिन्न सकेकै कारण तनहुँ १ राष्ट्रपति जस्तो व्यक्ति जन्माउन सफल भएको महरले बताए। डरलको खेति गरेका विदेश प्रस्तहरूले मुलुकको अनुहार फेर्छु भन्दै अहिलेका चेतनशील जनतामा भ्रम छर्न खोज्नु रत्तिभर पनि स्वभनीय नभएको उनले बताए।

'दिनकै काण्डै काण्ड आइरहेका जेलमा बस्नुपर्नेहरूले नाकै छोपेर इमानको ढोङ् फुक्न नछोडेको देख्दा लाज पनि लगाउने अवस्थामा पुगिसक्यो। अब उहाँहरूको भ्रममा जनता पर्ने छैनन्। लोकतन्त्र ल्याएको कांग्रेसले हो। दुवै निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको कांग्रेसले हो। संविधान जारी भएको कांग्रेसकै नेतृत्वमा हो। त्यसैले जनताले भ्रामक कुरामा होइनमा गरेका काममा केन्द्रित हुनुपर्छ,' महरले भने।

तनहुँ–१ मा १० वैशाखको उपचुनावमा कांग्रेस नेता भट्टराई, रास्वपाका स्वर्णिम वाग्ले र एमालेका सर्वेन्द्र खनाललगायत प्रतिस्पर्धामा छन्।

प्रकाशित: Apr 18, 2023| 20:54 मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्