काठमाडौं- सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन्।
‘भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको छ,’ उनले भनिन्। सरकारले उक्त नियमावली नबन्दा घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो।
भू–उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएकाले त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको हो।