शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • उपनिर्वाचनमा मतदाता परिचयपत्र वा अन्य सरकारी कागजपत्रका आधारमा पनि मतदान गर्न पाइने

उपनिर्वाचनमा मतदाता परिचयपत्र वा अन्य सरकारी कागजपत्रका आधारमा पनि मतदान गर्न पाइने

निर्वाचन आयोगले यही वैशाख १० गते आइतबार हुने उपनिर्वाचनमा मतदाता परिचयपत्र वा अन्य सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने निर्णय गरेको छ।
 |  मंगलबार, वैशाख ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ५, २०८०

National life

काठमाडौं- निर्वाचन आयोगले यही वैशाख १० गते आइतबार हुने उपनिर्वाचनमा मतदाता परिचयपत्र वा अन्य सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने निर्णय गरेको छ।

बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाण पुर्जा वा सवारी अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिने निर्णय गरेको हो।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज विज्ञप्ति जारी गरी निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए पनि कतिपय मतदाताको परिचयपत्र हराएको/नासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको जानकारी दिए।

प्रकाशित: Apr 18, 2023| 18:56 मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्