शनिबार, भदौ ६, २०८३

जहाँ टावरका लागि बार्दलीमा झुण्डाउनुपर्छ मोबाइल

 |  मंगलबार, वैशाख ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ५, २०८०

सिमकोट- हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीका स्थानीयवासीले नेटवर्क आउने प्रतीक्षामा मोबाइल बार्दलीमा झुन्ड्याउन बाध्य छन्।

जिल्लाको दक्षिण भेगको सिमाना रहेको कवाडीका स्थानीय र सुरक्षाकर्मीलाई घरको भित्तामा मोबाइल झुण्ड्याएर कुरा गर्नुपर्ने बाध्यता रहेको छ। 
सो क्षेत्रमा मोबाइल नेटवर्कको समस्या हुँदा नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले सास्ती भोग्नुपरेको हो।

फोन आउँछ कि भनेर मोबाइल घरमा झुन्ड्याएर राखिएको होटल सञ्चालन गर्दै आउनुभएकी पञ्चाकली रोकायाले बताइन्। उनी भन्छिन्, ‘के गर्नु सर! झुन्ड्याएर राखेको ठाउँमा त कहिलेकाहीँ मात्र टावर आउँछ। आफन्तलाई कुरा गर्न पाइन्छ कि भनेर यसरी राखेको छौं।’

बाजुराको कोल्टीमा ल्यान्डलाइन र एडीएसएलबाट कछुवा गतिमा इन्टरनेट सेवा चलेको छ। हुम्ला, मुगु र बाजुराका कतियपय स्थानमा नेपाल टेलिकमको नेटवर्क राम्रोसँग नचल्ने गरेको नागरिकको गुनासो छ।

बाजुरा, मुगु र हुम्लाका अधिकांश गाउँपालिकामा नेपाल टेलिकमले टावर राखेको पाइन्छ। अधिकांश स्थानमा टावर नटिप्ने समस्या देखिएको छ।

प्रकाशित: Apr 18, 2023| 20:46 मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्