काठमाडौं- बानेश्वरमा आन्दोलनरत द्वन्द्व पीडित र प्रहरीबीच विवाद भएको छ। मंगलबार निषेधित क्षेत्र तोड्न खोजेपछि द्वन्द्व पीडित र प्रहरीबीच धकेलाधकेल भएको हो।
सोही क्रममा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ। विगत २५ दिनदेखि उनीहरूले प्रदर्शन गर्दै आइरहेका छन्।
आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूले बताएका छन्।















