शुक्रबार, साउन ८, २०८३

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन प्रमुख तीन दल सहमत

प्रमुख राजनीतिक तीन दलको बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। 
 |  सोमबार, वैशाख ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ४, २०८०

काठमाडौं- प्रमुख राजनीतिक तीन दलको बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। 

आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीचको बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियालाई अघि बढाउने निर्णय गरेको हो।

बैठकपछि सञ्चरकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले तीन दलको बैठकले चाँडै संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको बताए।

उनले लामो समयदेखि सर्वोच्च अदालतको कार्यभार नै कार्यबाहकबाट सञ्चालन भइरहेको भन्दै प्रधानमन्त्रीले चाँडै संवैधानिक परिषद्को बैठक बोलाएर स्थायी नियुक्तिको प्रक्रिया अघि बढाउने कुरामा सहमति जुटेको बताए। बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया सुरु गर्ने कुरामा सहमति जनाएको उनले बताए।

संसद्को समिति सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुङ्ग्याउने कुरामा छलफल भएको नेता लेखकले बताए।

प्रकाशित: Apr 17, 2023| 12:36 सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्