शुक्रबार, साउन ८, २०८३

प्रचण्ड–देउवा पुगे बालकोट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन्।
 |  सोमबार, वैशाख ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ४, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन्। प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा एउटै गाडी चढेर ओली निवास बालकोट पुगेका हुन्। 

सभामुख देवराज घिमिरे, कांग्रेस नेता रमेश लेखकलगायतका नेता पनि बालकोट पुगेका छन्। तीन दलका शीर्ष नेताबीच टीआरसी र संवैधानिक परिषद्सम्बन्धी विधेयकका बारेमा सहमति जुटाउने प्रयासस्वरुप नेताहरूबीच छलफल हुने बताइएको छ।

प्रधानमन्त्रीको सचिवालयले आज भने ओली निवास बालकोट पुगेर स्वास्थ्य लाभको कामना गर्दै दुई नेताले संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने  कार्यसूची रहेको जनाएको छ।

338389869_747497906917388_3187998362025770456_n1681707610.jpg

प्रकाशित: Apr 17, 2023| 10:44 सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्