काठमाडौं- मानसखण्ड अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाल आएका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले कैलालीको धनगढी पुगेका छन्। उनी आइतबार धनगढी आएका हुन्।
२ वैशाखदेखि धनगढीमा सुरु भएको मानसखण्ड सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्न सडक मार्ग हुँदै नेपाल आएका प्रमुख चौथाइवालेलाई सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक योजना मन्त्री प्रकाश देउवा र आर्थिक मामिला मन्त्री नरेश शाहीले स्वागत गरे।
चौथाइवाले सोमबार मानसखण्ड सम्मेलनलाई सम्बोधन गर्ने र आज नै काठमाडौं पुगेर उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ।