शुक्रबार, जेठ १, २०८३

बालकोट जाँदै प्रचण्ड-देउवा

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट जाने भएका छन्।
 |  सोमबार, वैशाख ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ४, २०८०

काठमाडौं- आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट जाने भएका छन्।

National life

संवैधानिक परिषद् सम्बन्धि विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धि विधेयकका विषयमा छलफल गर्न प्रधानमन्त्री र सभापति देउवा बालकोट जाने भएका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएर आफ्नै निवास बालकोटमा आराम गरिरहेका छन्। त्यसैले कारण प्रधानमन्त्री प्रचण्ड र देउवा उनकै निवासमा जान लागेका हुन्।

तीन दलका शीर्ष नेताहरूबीच सोमबार बिहान ९ बजे बालकोटमा छलफल हुने बताइएको छ।

प्रचण्ड र देउवाले ओलीलाई स्वास्थ्य लाभको कामनासहित संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँले आह्वान गरेको बैठकमा नगएपछि एमाले असन्तुष्ट बनेको छ। यसअघि पनि सोही विद्येयकका विषयमा शीर्ष दलहरूबीच छलफल भएको थियो । तर सहमति हुन सकेको थिएन।
 

प्रकाशित: Apr 17, 2023| 07:13 सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्