शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अख्तियार दुरुपयोगको दायरामा हुनुपर्ने व्यक्तिले चुनाव जित्दैनन् : नैनसिंह महर

अख्तियार दुरुपयोगको दायरामा हुनुपर्ने व्यक्तिले चुनाव जित्दैनन् : नैनसिंह महर

 |  आइतबार, वैशाख ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३, २०८०

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा हुनुपर्ने व्यक्ति चुनाव लड्नु राम्रो नभएको बताएका छन्। आज चितवमा क्षेत्र नम्बर २ को चुनावी कोणस बोल्दै नेता महरले राजनीतिमा शुद्धिकरणको नारादिएर छोटोसमयमै स्थापित भएका नयाँहरु दर्जनौ काण्डमा मुछिकाले उनीहरुको नैतिकता धर्मराएको बताए।

National life

रा्ष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामीछाने प्रति ईंगित गर्दै उनले भने, 'नयाँ अनुसारको ढोङ फुक्नु भएको थियो। जनतालाई भ्रमित पार्ने काम गर्नुभएको थियो। तर, एकपछि अर्को विवादित कुरा सार्वजनिक भएसँगै उहाँको भ्रमको मुकुन्डो उदाङ्‍गो भएको छ। जनतालाई लामो समय भ्रममा राख्ने उहाँहरूको सडयन्त्र विफल भएको छ।'

नेपाली कांग्रेसको त्याग र संघर्षबाट प्राप्त लोकतन्त्रलाई धुमिल्याउन खोज्नेहरूलाई जनताले समयमै चिनेर पाखा लगाउनुपर्ने महरले बताए।

'चितवनका जनता सचेत हुनुहुन्छ। उहाँ अब भ्रममा पर्नुहुने छैन। आसन्न उपनिर्वाचनमा बहुसङ्ख्यक जनताले कांग्रेसको पक्षमा मत जाहेर गर्ने छन्। नयाँ पार्टीप्रति जनतामा आशाको भ्रम पैदा भएकोमा त्यो दिनानुदिन हट्दै गएको छ। उहाँहरूको असली चरित्र बाहिरिँदा जनता सचेत बनिरहेका छन्,'  महरले भने।

जनतामा सुशासनको लोकप्रिय नारा लगाउँदै मत पाएर गएकाले चार महिनामै करोडौंको वार्गेनिङ गर्नुले उनीहरू कस्ता चरित्रका हुन् भन्ने प्रस्ट भएको महरले बताए। भ्रमको पर्दा उध्रिसकेको अवस्थामा जनता जागरुक नबने लोकतन्त्रलाई खतरामा पार्ने शक्तिहरू सलबलाउनेतर्फ उनले चिन्ता व्यक्त गरे।

'उपनिर्वाचनको लागि हामी चितवनका टोल-टोलमा छौं। किन फेरि उपनिर्वाचन हुँदैछ? भन्ने प्रश्नले हामीलाई घेरेको छ। फोहर सफा गर्न राजनीतिमा आएका हौं भन्ने नयाँ स्वेतवस्त्रधारीहरू यति चाँडै कुरुप बन्दा उपनिर्वाचनमा आउनु परेको हो। तपाईंहरूले यो कुरालाई बुझेर फोहर थुपार्नेहरूको बिकल्प खोज्न तयार हुनुहोला,' उनले जनतासँगको भेटमा भने।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुन लागेको हो। उपनिर्वाचनमा कांग्रेसबाट पूर्वसभापति जीतनारायण श्रेष्ठ उम्मेदवार छन्।

प्रकाशित: Apr 16, 2023| 18:59 आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्