सुर्खेत- सुर्खेतमा ब्राउन सुगर (लागूऔषध) सहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरेन्द्रनगर–गणेशचौक- ५ का सन्दिप बिक र सोही ठाउँका खडानन्द पौडेल छन्।
उनीहरूको साथबाट ३०० मिलीग्राम लागूऔषध (ब्राउनसुगर) नियन्त्रणमा लिइएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए।
उनीहरूलाई गणेशचौकमा शंकास्पद् रूपले हिडिरहेको अवस्थामा पक्राउ गरिएको हो। सोमबार साँझ पक्राउ परेका उनलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।