शुक्रबार, जेठ १, २०८३

एनपी साउदले लिए परराष्ट्रमन्त्रीको शपथ

 |  आइतबार, वैशाख ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३, २०८०

National life

काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउद परराष्ट्रमन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई आज परराष्ट्रमन्त्री नियुक्त गरेका हुन्। 

परराष्ट्रमन्त्री साउदले आजै राष्ट्रपति निवास शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गरेका छन्। साउद कञ्चनपुर-२ बाट निर्वाचित सांसद् हुन्। यसअघि उनी सिँचाइमन्त्री भएका थिए। 

आजै भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा नन्दा चपाईंले शपथ लिएकी छन्। उनी नेकपा एकीकृत समाजवादी पार्टीकी राष्ट्रियसभा सदस्य  हुन्। 

प्रकाशित: Apr 16, 2023| 15:48 आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्