शुक्रबार, जेठ १, २०८३

व्यवस्था उल्टिन लागेको प्रधानमन्त्रीको भनाइमा एमालेको आपत्ति

 |  आइतबार, वैशाख ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३, २०८०

काठमाडौं- नेकपा (एमाले) का सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले व्यवस्थामाथि आक्रमण भयो भनी दिएको अभिव्यक्तिमाथि प्रश्न उठाएका छन्। 

National life

आइतबार प्रतिनिधिसभा बैठकको ढ्यापढ्यापे समयमा बोल्दै उनले प्रधानमन्त्रीले वैशाख १ गते पार्टी कार्यालयमा गएर व्यवस्थामा संकट आयो, उल्टिन लाग्यो भनेर के सन्देश दिन खोजेको भन्दै आपत्ति जनाए। उनले भने, 'उहाँले पार्टी अफिसमा गएर किन भन्नुभयो? यो विषयमा सदन सुचित हुनुपर्यो। कसले यो व्यवस्था उल्टाउन खोजेको? कसको कारणले यस्तो हुन लागेको हो?'

उनले सदनलाई प्रधानमन्त्रीले सूचित गरे चुनौती सामना गर्न सबै तयार हुनुपर्ने बताए।

नयाँ वर्षको दिन माओवादी केन्द्रको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले यो व्यवस्था संकटमा परेको र अहिलेको व्यवस्था उल्ट्याउन खोजिएको अभिव्यक्ति दिएका थिए।

प्रकाशित: Apr 16, 2023| 13:36 आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्