शुक्रबार, जेठ १, २०८३

मन्त्रिपरिषद् विस्तारका लागि नेताहरूबीच छलफल जारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।
 |  आइतबार, वैशाख ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। आज नियुक्त गरिने मन्त्रीको शपथ आज अपराह्न तीन बजेको लागि तोकिएको प्रधानमन्त्रीको प्रेस विज्ञ मनहरी तिमिल्सिनाले जानकारी दिए।

National life

सत्तारुढ दल नेपाली कांग्रेसले अहिलेसम्म सरकारमा सहभागी हुने चार मन्त्री र एक राज्यमन्त्रीको नाम पठाउनु पर्ने भए पनि आन्तरिक विवादका कारण पठाउन नसकेपछि सरकार विस्तारमा ढिलाइ भएको छ। आज सपथग्रहण गर्नेगरि कांग्रेसले परराष्ट्रमन्त्रीका रूपमा एनपी साउदको नाम टुंग्याएको छ। तर, अन्य व्यक्तिको नाम टुंग्याउन नक्दा आज प्रचण्डले पूर्ण आकारको मन्त्रिपरिषद् विस्तार  गर्न सक्ने नसक्ने भन्ने टुंगो लागिसकेको छैन।

यद्यपी मन्त्रिपरिषद्लाई पूर्णता दिने लगायतका विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच छलफल जारी नै छ। अहिले पनि बालुवाटारमा छलफल जारी रहेको बताइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको छलफलमा मन्त्रिपरिषद् विस्तार र उपनिर्वाचनका विषयमा कुराकानी भएको थियो।

गत पुस १० गते प्रधानमन्त्री बन्नुभएका प्रचण्डले १७ चैतमा सातौं पटक मन्त्रिपरिषद विस्तार गरेका थिए। त्यसबखत ६ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैंले सम्हालेका थिए।

आज प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमा गर्न लागेको भारत भ्रमणलाई लक्षित गरी परराष्ट्रमन्त्री नियुक्त गर्न लागिए पनि मन्त्रिपरिषदलाई पूर्णता भने यही वैशाख १० गते हुने उपनिर्वाचन पछि दिने तयारी प्रधानमन्त्री प्रचण्डको छ।

तनहुँ १, बारा २ र चितवन २ मा उपनिर्वाचन हुँदैछ। सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउनका लागि सरकारको पूर्णता जरुरी रहेको भन्दै प्रधानमन्त्रीले सत्तारुढ दलका शीर्ष नेतालाई आग्रह गरेको नेताहरूले जानकारी दिए।

प्रकाशित: Apr 16, 2023| 10:46 आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्