शुक्रबार, जेठ १, २०८३

रवि लामिछानेले चुनाव हार्ने महेश बस्नेतको दाबी

 |  शनिबार, वैशाख २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २, २०८०

काठमाडौं- नेकपा (एमाले)का नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनाव हार्ने दाबी गरेका छन्।

National life

लामिछानेको नक्कली राष्ट्रवाद र अवसरवाद बुझेकाले चितवन क्षेत्र नम्बर २ का जनताले निर्वाचनमा उनलाई हराउने बस्नेतको तर्क छ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले लामिछानेले मयुरको प्वाँख धारण गरेर जनतालाई झुक्याउने काम गरेको र चितवनका जनताले त्यो कुरा बुझिसकेको पनि बताए। उनले युवा र लोकप्रिय भएकाले सो निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवार रामप्रसाद न्यौपानेले चुनाव जित्ने सम्भावना बढिरहेको दाबी गरे। चुनावमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुने बस्नेतको भनाइ छ। 

नेता बस्नेतले सरकारको कामकारबाही देश र जनताको हितमा नरहेको भन्दै आक्रोशसमेत व्यक्त गरे।

प्रकाशित: Apr 15, 2023| 17:57 शनिबार, वैशाख २, २०८०
प्रतिक्रिया दिनुहोस्