काठमाडौं- नेपाली कांग्रेसले आफ्नो भागमा परेका मध्ये एकजना मन्त्रीको नाम प्रधानमन्त्री प्रचण्डलाई बुझाएको छ। कांग्रेसले एनपी साउदलाई परराष्ट्रमन्त्रीका लागि सिफारिस गरेको हो।
प्रधानमन्त्रीले उनको नाम राष्ट्रपति कार्यालयमा पठाइसकेको र आइतबार शपथ हुने बताइएको छ। गठबन्धनमा कांग्रेसको भागमा ९ मन्त्री परे पनि आन्तरिक किचलोका कारण सबैको नाम दिन सकेको छैन।
कांग्रेसबाट यसअघि उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग र सीता गुरुङ सहरी विकासमन्त्री बनेका थिए। उनीहरुले चैत १७ गते शपथ लिएका हुन्।
ती सबै संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा पक्षका हुन्। मागेजति भाग नपाएको भन्दै शेखर-गगन पक्षले मन्त्रीको नाम दिएको छैन। अहिले सिफारिस भएका साउद पनि देउवा पक्षकै हुन्।
प्रचण्ड नेतृत्वको सरकारमा ९ मन्त्रालय पाएको कांग्रेसले थप ४ जना मन्त्री पठाउन बाँकी छ।