पोखरामा एक बालक सेती खोंचमा खसेका छन्। शनिबार दिउँसो खेल्न पुगेका पोखरा-८ का स्मिथ पराजुली सेती खोंचमा खसेको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ।
स्मिथ तीनजना साथीसँग मिलेर खेल मैदानमा जाँदै गर्दा सेती खोंचमा खसेका हुन्। दिउँसो ३ बजेतिर खोंचमा खसेका बालक निकाल्न जिल्ला प्रहरी कार्यालय कास्कीको उद्धार टोलीले प्रयास गरिरहेको छ। भ्वाङभित्र जान निकै अप्ठ्यारो भएकाले उद्धार गर्न कठिन भएको प्रहरीको भनाइ छ।