शुक्रबार, जेठ १, २०८३

रवि लामिछाने विदेशबाट सञ्चालित छन्: चित्रबहादुर

 |  शनिबार, वैशाख २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २, २०८०

काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा कार्यपालिका, व्यवस्थापिका र न्यापालिका सेटिङबाट चलिरहेको आरोप लगाएका छन्।

National life

शनिबार काठमाडौंमा जनमोर्चाद्वारा आयोजित ‘नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियता रक्षाको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले नागरिकता नभएको व्यक्तिलाई निर्वाचन लड्न लगाउने र उपप्रधानमन्त्री बनाउने काम भएकाले कार्यपालिका, व्यवस्थापिका र न्यापालिका सेटिङबाट चलिरहेको पुष्टि भएको तर्क गरे।

अहिले मुलुकको राष्ट्रियतामाथि नै विषम परिस्थिति आउँदा राष्ट्रिय जनमोर्चामात्र लडिरहेको उनको जिकिर थियो। अध्यक्ष केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई विदेशबाट सञ्चालित मान्छेको संज्ञा दिँदै चितवनमा त्यस्ता मान्छेलाई भगवान् मान्नु दुर्भाग्य भएको टिप्पणी गरे।

लोकतन्त्र, गणतन्त्र ल्याउनेहरूले नै मौका पाएपछि सत्ताको दुरुपयोग गरेको उनको भनाइ छ।  पुराना दलका नेताहरूले राष्ट्रियतामाथि नै सौदाबाजी गरेका कारण जनता विकल्प खोज्न बाध्य भएको उनले बताए। संघीयताको विरोध गरेकै कारण जनमोर्चालाई आँखाको कसिंगर बनाइएको उनको भनाइ छ।
 

प्रकाशित: Apr 15, 2023| 17:26 शनिबार, वैशाख २, २०८०
प्रतिक्रिया दिनुहोस्