शुक्रबार, जेठ १, २०८३

गठबन्धन दलबीच मन्त्रालय बाँडफाँडमा जुटेन सहमति

 |  शनिबार, वैशाख २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २, २०८०

काठमाडौं- शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ तीन दलको बैठक बिनानिष्कर्ष सकिएको छ। 

National life

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच मन्त्रालय बाँडफाँडबारे छलफल भएको थियो।

नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एसबीच कुरा नमिल्दा बैठक बिनानिष्कर्ष सकिएको हो। बैठक पुनः बेलुका बस्ने बताइएको छ।

बिहानको छलफलमा काङ्ग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा पनि थिए। यस्तै समाजवादीबाट महासचिव घनश्याम भुसाल र किसान श्रेष्ठ को सहभागिता रहेको थियो। 

प्रकाशित: Apr 15, 2023| 13:50 शनिबार, वैशाख २, २०८०
प्रतिक्रिया दिनुहोस्