शुक्रबार, जेठ १, २०८३

राष्ट्रवादी र सनातन हिन्दुवादी पक्षधरहरू एक ठाउँमा आऔं : कमल थापा

 |  शनिबार, वैशाख २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २, २०८०

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई अहिलेको संकटबाट मुक्त गर्न राष्ट्रवादी ,सनातन हिन्दुवादी पक्षधर शक्तिहरू केही मतभिन्नता र असमझदारीलाई थाती राखेर एक ठाउँमा उभिन अब ढिलाइ गर्न नहुने बताएका छन्।

National life

नयाँ बर्षको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै थापाले मुलुकको हित र बृहत्तर लक्ष्य प्राप्तिको निमित्त सबै आ-आफ्नो ठाउँबाट लचकता अपनाउँदै एकतामा आउनुपर्नेमा जोड दिए।

मुलुकको व्यवस्थामात्र परिवर्तन भएको अवस्थामा कुनै परिवर्तन नभएको चर्चा गर्दै थापाले राजनीतिक परिवर्तनले सनातन धर्म, संस्कृति र परम्परालाई नष्ट गरेकोमा थापाले चिन्ता व्यक्त गरे।

मुलुकको न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका राजनीतिको छायाँमा परेको उनको भनाइ छ।

नेता थापाले ठुला दलहरूको अदूरदर्शिता र अकर्मण्यताको कारण विदेशी चलखेल र प्रभाव बढेको र कानुनी मान्यतामाथि हमला गरिएकाले राप्रपा नेपाललाई वैकल्पिक शक्तिको रूपमा स्थापित गर्ने अग्नि परिक्षामा उच्च मनोबलसहित खरो रूपमा उत्रन नयाँ वर्षले सबैमा प्रेरणा दिनेसमेत बताए।

कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं उपत्यका संयोजक जयकुमार खड्का, केन्द्रीय सदस्य राजकुमार खड्कालगायतले बोलेका थिए।राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई अहिलेको संकटबाट मुक्त गर्न राष्ट्रवादी ,सनातन हिन्दुवादी पक्षधर शक्तिहरू केही मतभिन्नता र असमझदारीलाई थाती राखेर एक ठाउँमा उभिन अब ढिलाइ गर्न नहुने बताएका छन्।

प्रकाशित: Apr 15, 2023| 09:17 शनिबार, वैशाख २, २०८०
प्रतिक्रिया दिनुहोस्