शुक्रबार, साउन ८, २०८३

संस्कृत विद्या वैज्ञानिक छ : महासचिव वैद्य

 |  शुक्रबार, वैशाख १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १, २०८०

काठमाडौं- नेकपा (माओवादी क्रान्तिकारी) का महासचिव मोहन वैद्यले आर्दशवाद र भौतिकवादको विषयमा चर्चा भइरहँदा संस्कृत विज्ञानले अघि सारेका विषय वैज्ञानिक रहेको बताएका छन्।

उनले भने, “संस्कृत विद्याभन्दा सबै कर्मकाण्डी भन्ने भ्रम छ। यो अकाट्य कर्मकाण्डा हो भन्ने बुझाइ छ, त्यो बिल्कुलै गलत हो। संस्कृत भनेको आदर्शवाद हो भौतिकवाद पनि हो। यसको महत्व र गरिमा नबुझ्दा धेरैलाई गलत भ्रम परेको हो।” नेपाल समाजमा परम्पराका निरन्तरता रहेको हुँदा यसमा नवीनता तिर पनि जानुपर्ने अवस्था रहेको आवश्यकता औँल्याए।

आफ्नी आमा जानका वैद्य पोखरेलको शत वर्ष प्रवेशको अवसरमा आयोजित अभिनन्दन कार्यक्रमलाई शुक्रबार घोराहीमा सम्बोधन गर्दै उनले संस्कृत विद्याका बारेमा बुझाइ स्पष्ट नहुँदा धेरैलाई कर्मकाण्डी भन्ने भ्रम रहेको जिकिर गरे।

देश र समाज रुपान्तरणको अभियानमा लामो समयदेखि होमिने तागत र हौसला ९७ वर्षीया आमा जानका वैद्यबाट आफूले पाएको बताउँदै महासचिव वैद्यले संस्कृत विद्यामा धेरै कुरा प्रमाणित र वैज्ञानिक रहेको विश्वास व्यक्त गरे।

प्रकाशित: Apr 14, 2023| 21:13 शुक्रबार, वैशाख १, २०८०
प्रतिक्रिया दिनुहोस्