शनिबार, भदौ ६, २०८३

गायक गर्बुजाको 'लाहुरे : ठाडो भाका' सार्वजनिक

 |  शुक्रबार, वैशाख १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १, २०८०

काठमाडौं- नयाँ वर्षको अवसर पारेर लोकदोहोरी गायक खड्ग गर्बुजाको 'लाहुरेः ठाडो भाका' गीत सार्वजनीक भएको छ। गर्बुजाले आफू जन्मिएको कालीगण्डकीको सेरोफेरोमा बज्ने 'लाहुरे ठाडो भाका' गीत बजारमा ल्याएका हुन्। गर्बुजा र ताराश्रीष मगरको स्वर रहेको लोकदोहोरी लाहुरे गीतमा गर्बुजाको शब्द तथा संकलन रहेको छ।

गीतको म्युजिक भिडियोमा अभिनेता राहुल केसी अभिनेत्री केकी अधिकारीको अभिनय देख्न सकिन्छ। 

'म पनि सानैमा लाहुरे हुन निस्किएको थिएँ। जिन्दगीको लय मिलाउन वा भनौं केही थान सपनाहरू किन्न हानिएको थिएँ भारततिर। त्यसै फर्किएँ। अहिले युवाहरू खाडी मुलुकतिर लाहुरे हुन जानु परेको छ', लाहुरे ठाडी भाका गीतलाई सम्झिदै उनले भने। 

लाहुरे ठाडो भाकालाई विवि अनुरागीले एरेन्ज गरेका हुन् भने शब्द संगीत गर्बुजाकै रहेको छ। गीतको एरेन्ज श्यामश्वेत रसाइलीको रहेको छ। कलाकार तथा कोरियोग्राफर सुनिल क्षेत्रीको नृत्य हेर्न सकिन्छ भने राजु केसीको भिडियो निर्देशन रहेको छ। केसीएम डिजिटल युट्युबमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोलाई रक्ष बानिया केसी र आकाश केसीले निर्माण गरेका हुन्।
 

प्रकाशित: Apr 14, 2023| 17:21 शुक्रबार, वैशाख १, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।