काठमाडौं- नयाँ वर्षको अवसर पारेर लोकदोहोरी गायक खड्ग गर्बुजाको 'लाहुरेः ठाडो भाका' गीत सार्वजनीक भएको छ। गर्बुजाले आफू जन्मिएको कालीगण्डकीको सेरोफेरोमा बज्ने 'लाहुरे ठाडो भाका' गीत बजारमा ल्याएका हुन्। गर्बुजा र ताराश्रीष मगरको स्वर रहेको लोकदोहोरी लाहुरे गीतमा गर्बुजाको शब्द तथा संकलन रहेको छ।
गीतको म्युजिक भिडियोमा अभिनेता राहुल केसी अभिनेत्री केकी अधिकारीको अभिनय देख्न सकिन्छ।
'म पनि सानैमा लाहुरे हुन निस्किएको थिएँ। जिन्दगीको लय मिलाउन वा भनौं केही थान सपनाहरू किन्न हानिएको थिएँ भारततिर। त्यसै फर्किएँ। अहिले युवाहरू खाडी मुलुकतिर लाहुरे हुन जानु परेको छ', लाहुरे ठाडी भाका गीतलाई सम्झिदै उनले भने।
लाहुरे ठाडो भाकालाई विवि अनुरागीले एरेन्ज गरेका हुन् भने शब्द संगीत गर्बुजाकै रहेको छ। गीतको एरेन्ज श्यामश्वेत रसाइलीको रहेको छ। कलाकार तथा कोरियोग्राफर सुनिल क्षेत्रीको नृत्य हेर्न सकिन्छ भने राजु केसीको भिडियो निर्देशन रहेको छ। केसीएम डिजिटल युट्युबमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोलाई रक्ष बानिया केसी र आकाश केसीले निर्माण गरेका हुन्।