शुक्रबार, साउन ८, २०८३

मजस्तै संन्यासी मान्छे राजनीतिमा आउनुपर्छ: नारायणकाजी

 |  शुक्रबार, वैशाख १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १, २०८०

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा गरेर देश बनाउनुपर्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित विशेष सामूहिक धम्मपूजा कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले भइरहेको प्रदूषित राजनीति सफा गर्न आवश्यक भएको बताए।

उनले भने, ‘राजनीतिक प्रणाली र व्यवस्थामा परिवर्तन हुन ठूलो महत्वको विषय त हो तर, त्यो नै पर्याप्त छैन। राजनीतिक र व्यवस्था परिवर्तनलाई सदुपयोग गर्ने र सही दिशातर्फ लैजाने हो भने यो राजनीतिक व्यवस्थाको मर्म बुझ्ने व्यक्तित्वहरुले नेतृत्व गर्नुपर्छ र आजको प्रदूषित राजनीतिलाई सफा गर्नुपर्छ।’

उनले आफ्नो नाममा घरजग्गा केही नभएकाले आफूलाई राजनीतिक संन्यासीको रुपमा तुलना गरे। उनले भने, ‘संन्यासीहरु पनि राजनीतिमा आउनुपर्यो, राजनीति गर्नेहरु संन्यासी हुनुपर्यो। राजनीतिचाहिँ फोहोरीहरुलाई छाड्दिने अनि देशचाहिँ सफा होस् भनेर छाड्दिनु हुँदैन। मेरो विचारमा म पनि संन्यासी हुँ। मैले आफूलाई राजनीतिक संन्यासी नै भन्छु। मेरो कुनै आफ्नो जमिन भन्ने छैन, आफ्नो घर र व्यक्तिगत सम्पत्ति छैन। तपाईंहरु सबैलाई थाहा छ म विवाहित पनि छैन।’

प्रकाशित: Apr 14, 2023| 17:00 शुक्रबार, वैशाख १, २०८०
प्रतिक्रिया दिनुहोस्