काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वैशाखको तेस्रो साता भारत भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण जाने भएका हुन्।
नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गत सोमबार बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी भारत भ्रमणको औपचारिक निम्तो दिएकोमा उनी त्यसतर्फ प्रस्थान गर्ने भएका हुन्। आइतबार दिल्लीबाट फर्किएलगत्तै राजदूत श्रीवास्तवले सोमबार प्रधानमन्त्री प्रचण्डसँग भारत भ्रमणको विषयमा छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ।
प्रधानमन्त्री भएलगत्तै दाहाललाई भारतीय प्रधानमन्त्री मोदीले भ्रमणको निम्तो दिएका थिए। तर, नेपालको आन्तरिक राजनीतिमा भएको उचारचढावले प्रधानमन्त्रीको भारत भ्रमण ढिला हुँदै आएको थियो।
परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरू गरेको छ। भारत भ्रमणको मिति भने केही दिनमा टुंगो लगाइने उनले स्रोतको भनाइ छ।