शुक्रबार, जेठ १, २०८३

जनताको भेटघाटलाई सहज र व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न निर्देशन दिएका छन्।
 |  शुक्रबार, वैशाख १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १, २०८०

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न निर्देशन दिएका छन्। पार्टी र सरकारका कामकारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुवात गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा आयोजित कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।

National life

उनले भने, ‘सरकार र पार्टीको कामलाई योजनावद्ध र व्यवस्थित गर्न तयार भएको कार्यविधि अनुसार आजबाट भेटघाटको सुरुवात भएको छ। सामान्य किसानदेखि कार्यकर्तासम्मले आफ्नो प्रधानमन्त्री भेट्ने वातावरणका लागि बनेको यस कार्यविधिलाई यान्त्रिक नबनी कार्यन्वयनमा आवश्यक कला र लचकता अपनाउँदै व्यावहारिक रुप दिन आग्रह गर्दछु।’

उनले अब पार्टीभित्र नेताको मन जितेर नेता बन्ने प्रणालीको अन्त्य गर्नुपर्ने आवश्यकता औल्याउँदै जनता र कार्यकर्ताको मन जित्ने नै नेता बन्ने बताए। उनले भने, ‘अब जनता र कार्यकर्ता तिर फर्केर मात्र पार्टी बन्छ। नेताहरुबाट समर्थन लिएर र सहयोगले नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नै पर्ने भएको छ । पार्टी हामी सबै मिलेर बनाउनु नै छ । पार्टी बनाउने राजनीति, बिचार र संस्कृतिमा गयौं भने पार्टी बन्न ढिलो पनि हुन्न।’ प्रधानमन्त्री प्रचण्डले जतिसुकै चुनौति भएपनि वर्तमान सरकारलाई सफल बनाएरै छाड्ने आफूहरूले संकल्प लिएको र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए।

उनले पार्टीका नेताहरुलाई निर्देशन दिँदै भने, ‘लेखौं, बोलौं र प्रतिक्रियावादी प्रतिक्रान्तिकारीको प्रतिरोध गरौं। हामी सबैले आफ्नो भूमिका पुरा ग-यौं भने हाम्रो तागत ठूलो छ। सरकारको नेतृत्व लिएपछि पनि धेरै कामहरु गर्न प्रयास भएका छन्। केही सफल भएका छन्, केही सफल हुँदैछन्। पार्टी र सरकारको सम्बन्धलाई नयाँ उचाइँमा उठाउन जरुरी छ। सरकारलाई जनताको आशा अपेक्षा अनुसार जनमुखी बनाउने ऐतिहासिक चुनौति र जिम्मेबारी हाम्रो काँधमा छ।’

प्रकाशित: Apr 14, 2023| 12:10 शुक्रबार, वैशाख १, २०८०
प्रतिक्रिया दिनुहोस्