शुक्रबार, साउन ८, २०८३

शिक्षक संघको अध्यक्षमा सोमनाथ विजयी

नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन्।
 |  शुक्रबार, वैशाख १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १, २०८०

काठमाडौं- नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन्। गोकर्णबहादुर बानियाँलाई पराजित गर्दै गिरी विजयी बनेका हुन्।

शिक्षक संघको अधिवेशनमा ६०७ मत खसेको थियो। गिरीले ३०५ मत ल्याएर निर्वाचित हुँदा बानियाँले २९८ मत मात्रै ल्याएका थिए।

शिक्षक संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो। अध्यक्षमा निर्वाचित गिरी कांग्रेस संस्थापनइतरनिकट छन् भने पराजित भएका बानियाँ संस्थापननिकट हुन्।

वरिष्ठ उपाध्यक्षमा इलमबहादुर शाही र उपाध्यक्ष महिलामा धनकला भण्डारी निर्वाचित भएका छन्।

प्रदेशतर्फ उपाध्यक्षमा कोशी प्रदेशतर्फ वीरेन्द्रकुमार खड्का, मधेश प्रदेशतर्फ उपाध्यक्षमा छोटेलालप्रसाद तेली शाह, बागमती उपाध्यक्षमा सुन्दर पन्त, गण्डकी उपाध्यक्षमा लक्ष्मीप्रसाद रेग्मी, लुम्बिनी उपाध्यक्षमा प्रेमनारायण भण्डारी, कर्णाली उपाध्यक्षमा भगवती श्रेष्ठ, सुदूरपश्चिम उपाध्यक्षमा खड्कबहादुर खड्का निर्वाचित भएका छन्।

महासचिव ज्ञानेन्द्रबहादुर रावल, महासचिव अर्थमा निर्मला कोइराला, उपमहासचिवमा नारायणप्रसाद तिमिल्सिना, उपमहासचिव महिलामा गीता शिवाकोटी, उपमहासचिव अर्थमा प्रेमप्रसाद पौडेल निर्वाचित भएका छन्।

प्रकाशित: Apr 14, 2023| 11:45 शुक्रबार, वैशाख १, २०८०
प्रतिक्रिया दिनुहोस्