शुक्रबार, साउन ८, २०८३

गण्डकीमा वैशाख ९ गते संसदको विशेष अधिवेशन

गण्डकी प्रदेश सरकारले वैशाख ९ गते संसदको विशेष अधिवेशन बोलाउने भएको छ।
 |  शुक्रबार, वैशाख १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १, २०८०

पोखरा- गण्डकी प्रदेश सरकारले वैशाख ९ गते संसदको विशेष अधिवेशन बोलाउने भएको छ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले विशेष अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। 

माओवादी केन्द्रले समर्थन फिर्ता लिँदै चैत १० गते सरकारबाट बाहिरिएपछि अधिकार सरकार अल्पमतमा परेको थियो। 

९ गतेको विशेष अधिवेशनमा मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि प्रस्ताव लैजान्छन् वा संवोधन गरेर राजीनामा दिन्छन् त्यो भने हेर्न बाँकी छ।

६० सदस्यीय प्रदेश सभामा एमालेको २२ र राप्रपाको २ मत छ। त्यसवाहेक अब बन्ने सरकारका लागि कांग्रेसको २८, माओवादीको सभामुख वाहेक ७ जना छन्। 

स्वतन्त्रबाट जितेका दीपक मनाङे अहिले एकीकृत समाजवादीमा गएको भनिए पनि संसदमा उनी स्वतन्त्रकै हैसियतमा छन्।

माओवादी र राप्रपाको समर्थन लिएर सरकार बनाएका खगराजले पुस २५ मा मुख्यमन्त्रीको सपथ लिएका थिए।

प्रकाशित: Apr 14, 2023| 08:05 शुक्रबार, वैशाख १, २०८०
प्रतिक्रिया दिनुहोस्