बिहीबार, फागुन २८, २०८२

डोल्पाको जगदुल्लामा स्वास्थ्य बिमा कार्यक्रम

 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

काठमाडौं- डोल्पाको जगदुल्ला गाउँपालिकाले सबै घरपरिवारको स्वास्थ्य बिमा गरेको छ। गाउँपालिकाले एकै पटक पाँच सय ५९ घरपरिवारको स्वास्थ्य बिमा गरेको हो।

National life

स्वास्थ्य बिमा कार्यक्रमको महत्वलाई बुझेर गाउँपालिकाका सम्पूर्ण घरधुरी समेटिने गरी स्वास्थ्य बिमा गरिएको गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायले जानकारी दिए।

गाउँपालिकाले स्वास्थ्य बिमाका लागि १९ लाख २८ हजार आठ सय ५० रुपैयाँ स्वास्थ्य बिमाबोर्डलाई भुक्तानी गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले जानकारी दिए।

समुदायस्तरमा यस कार्यक्रमको महत्व र धारणाबारे सर्वसाधारणले बुझ्न नसकेकै कारण डोल्पामा विमितको सङ्ख्या नबढेको स्वास्थ्य बिमाबोर्ड डोल्पाका संयोजक राजनकुमार डाँगीले बताए।

प्रकाशित: Apr 11, 2023| 22:03 मंगलबार, चैत २८, २०७९
प्रतिक्रिया दिनुहोस्