शनिबार, जेठ २, २०८३

एक महिनामा १ खर्ब ५ अर्ब भित्रियो रेमिट्यान्स

 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

National life

काठमाडौं- नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो अध्ययन प्रतिवेदनअनुसार फागुन महिनामा १ खर्ब ५ अर्ब माथिको विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ। 

आर्थिक वर्ष २०७९–८० को आठ महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ७ खर्ब ९४ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको उल्लेख छ। 

‘समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वुद्धि भई ७९४ अर्ब ३२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिका विप्रेषण आप्रवाह १.३ प्रतिशतले घटेको थियो,’ राष्ट्र बैंकले सार्वजनकि गरेको प्रतिवेदनमा उल्लेख छ। पुस मसान्तसम्म ६ खर्ब ८९ अर्ब ८८ करोड रेमिट्यान्स भित्रिएको थियो।
 

प्रकाशित: Apr 11, 2023| 16:12 मंगलबार, चैत २८, २०७९
प्रतिक्रिया दिनुहोस्