शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आर्थिक स्थितिबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्दै राष्ट्र बैंक

आर्थिक स्थितिबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्दै राष्ट्र बैंक

 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

National life

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज पत्रकार सम्मेलन आयोजना गरेका छन्। गभर्नर अधिकारीले देशको पछिल्लो आर्थिक स्थितिका बारेमा जानकारी गराउन दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन्।

पत्रकार सम्मेलमार्फत अधिकारीले बैंक तथा लघुवित्त संस्थाप्रति सर्वसाधारणको आक्रोश, बैंकहरूको उच्च ब्याजदर र अर्थतन्त्रमा समस्या गहिरिँदै गएको, आर्थिक वृद्धिदर घटेको, आयात बढेको तर निर्यात घटेको, राजश्व कम उठेको आदि विषयमा स्पष्ट पार्ने बताइएको छ।

केही दिनयता आर्थिक स्थितिलाई लिएर प्रधानमन्त्री, अर्थमन्त्री तथा गभर्नर सघन छलफलमा छन्।
 

प्रकाशित: Apr 11, 2023| 11:16 मंगलबार, चैत २८, २०७९
प्रतिक्रिया दिनुहोस्