शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंकको भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार

सिद्धार्थ बैंकको भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार

 |  आइतबार, चैत २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत २६, २०७९

काठमाडौं- सिद्धार्थ बैंकले ग्लोबल मनी वीक २०२३ को विषयवस्तु 'प्लान योर मनी, प्लान्ट योर फ्युचर' लाई सार्थक बनाउने उद्देश्यका साथ टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको थियो।

National life

जसमा 'बैंकमा बचत गर्नुका फाइदाहरू' शीर्षकमा भिडियो बनाई अधिकतम मनपराइएका तीन प्रतियोगिहरूलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरेको थियो।

उक्त प्रतियोगिताका विजेताहरूलाई बिहीबार सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तिसारमा एक समारोह आयोजना गरी पुरस्कार प्रदान गरिएको छ। विजेताहरूलाई बैंकका प्रमुख डिजिटल मार्केटिङ अनन्त श्रेष्ठले पुरस्कार हस्तान्तरण गरेका हुन्।

उनले सबै प्रतियोगिहरूलाई धन्यवाद दिँदै यस्ता प्रतियोगिताले सामाजिक सञ्जालको माध्यमबाट वित्तीय चेतना प्रदान गर्न मद्दत पुग्ने भएकोले आगामी दिनहरुमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै जाने कुरा पनि व्यक्त गरे।
 

प्रकाशित: Apr 09, 2023| 19:30 आइतबार, चैत २६, २०७९
प्रतिक्रिया दिनुहोस्