बुटवल- लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिएका छन्। मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले पनि राजीनामा दिएका हुन्।
डीसीले मुख्यमन्त्रीमार्फत् आफ्नो राजीनामा प्रदेश प्रमुखलाई बुझाएको प्रदेश प्रमुखको कार्यालले जानकारी दिएको छ।
डिसीले संविधानको धारा १६० खण्ड 'क' अनुसार मुख्यमन्त्रीमार्फत् राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालयबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। शंकर पोखरलले मुख्यमन्त्री बनेपछि डिसीलाई न्यायाधिवक्ता नियुक्त गरेका थिए।
मुख्यमन्त्री पोखरेलको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका छन्।