बिहीबार, फागुन २८, २०८२

नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक वितरण गर्दै जनक शिक्षा

केन्द्रले भक्तपुर सानोठिमीसहित आठ वटै क्षत्रीय कार्यालयबाट पुस्तक वितरण सुरु गरेको हो। 
 |  शनिबार, चैत २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत २५, २०७९

काठमाडौं– आगामी २ वैशाखबाट सुरु हुने नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षा सामग्री केन्द्रले विद्यालय तहका पाठ्यपुस्तक वितरण थालेको छ। केन्द्रले भक्तपुर सानोठिमीसहित आठ वटै क्षत्रीय कार्यालयबाट पुस्तक वितरण सुरु गरेको हो। 

National life

यस पटक भर्नासँगै विद्यार्थीको हातमा पनि पुस्तक पुर्‍याउने लक्ष्य रहेको केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले बताए। उनका अनुसार प्रादेशिक कार्यालयले पहिलो चरणमा हिमाली जिल्ला, दोस्रोमा पहाडी र दुर्गम तथा अन्तिम चरणमा सुगम जिल्लामा पाठ्यपुस्तक बिक्री गर्नेछन्।

केन्द्रका आठ वटै प्रदेश कार्यालयले १ हजार २६७ बिक्रेतामार्फत पाठ्यपुस्तक ढुवानी र बिक्री गर्नेछन्। ५ वैशाखभित्र देशैभरका सबै विद्यालयमा पाठ्यपुस्तक पु¥याइसक्ने केन्द्रको दाबी छ। यस पटक केन्द्रलाई कक्षा ६ देखि १० सम्मका १ करोड ५० लाख थान पाठ्यपुस्तक छाप्ने जिम्मा दिइएको छ।

छाप्नुपर्नेमध्ये १ करोड ४० लाख थान पाठ्यपुस्तक छपाइ पूरा गरेको उनको भनाइ छ। बाँकी १० लाखथान पाठ्यपुस्तकको छपाइ चैत मसान्तसम्म सकिनेछ।

सरकारले कक्षा १ देखि ५ सम्मका पुस्तक छपाइको जिम्मा भने निजी मुद्रण संस्थालाई दिइएको छ भने १ करोड २० लाख थान पाठ्यपुस्तक छाप्नुपने शिक्षा मन्त्रालयका सहसचिव दीपक शर्माले बताए। उनले यस पटक विद्यार्थीलाई भर्नाकै समयमा पुस्तक हातमा पार्ने गरी काम अघि बढेको दाबी गरे।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 08, 2023| 13:19 शनिबार, चैत २५, २०७९
प्रतिक्रिया दिनुहोस्